एनआरएन नेदरल्यान्ड्सले तिज र दशैँ कार्यक्रम आयोजना गर्ने

आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाइ तथा दिदीबहिनी हरु 
गैर आबसिय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आज मिति २१ अगस्ट २०१६ का दिन आम्स्ट्रडाममा बसेको कार्यसमिति बैठकले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको पावन अबशरमा नेपाली चेलीबेटी हरुलाई दर खुवाउने एबम बिबिध मनोरन्जनात्मक कार्यक्रमका साथ यहि सेप्टेम्बर ३ तारिख शनिबारका दिन एनआरएन नेदरल्यान्ड्सको आयोजनामा भव्यताका साथ तिज बिशेष कार्यक्रम मनाउने निर्णय गरिएको छ। त्यस्तै बिगतका बर्ष हरुमा झैँ यस पटकको बिजयादशमीको अबशरमा आउदो अक्टोबर १० तारिख सोमबारका दिन दशैँ कार्यक्रम गर्ने निर्णय गर्दै एनआरएन नेदरल्यान्ड्सको बार्षिक साधारण सभा यहि सेप्टेम्बर २५ तारिख २०१६ का दिन आम्स्ट्रडाममा गर्ने निर्णय गरिएको सबैमा जानकारी गराउन चाहन्छौ। 
गैर आबसिय नेपाली संघ 
राष्ट्रिय समन्वय परिषद 
नेदरल्यान्ड्स


Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
321
New and renewed members!
Nepal blood donation