एनआरएन नेदरल्यान्ड्सले तिज बिशेष कार्यक्रम गर्दै

३० अगस्ट,नेदरल्यान्ड्स 

-गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले बिगतका बर्ष हरुमा झैँ यसपटक पनि नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको पावन अबशरमा तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको छ।यहि आगामी ३ सेप्टेम्बर २०१६ का दिन नेदरल्यान्ड्सको आम्स्ट्रडाम स्थित NO LIMIT, Geldershoofd 80, 1103BG मा हुने उक्त कार्यक्रममा चेलीबेटीहरुलाई दर खुवाउनुका साथै बिबिध मनोरन्जनात्मक कार्यक्रमका साथमा स्थानीय डिजे काले एण्ड एन.जी.-बि. लगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। 

नेपाली रितिरिवाज,चाडपर्बको जगेर्ना तथा बिशेष गरी बिबिध कारणले बिदेशमा रहनुभएका नेपाली दिदीबहिनीहरुको लागि लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक एबम एनआरएन नेदरल्यान्ड्सका उपाध्यक्ष झलक बिक्रम जिसी बँताउछन्।आफ्नो जन्मभूमि छोडी खाडी मुलुकमा बसेर एक दिन भएपनि आफ्नो दिदिबहिनीको साथमा माइतीको सम्झनालार्इ बिर्सन उक्त कार्यक्रमले भरपुर मनोरन्जन दिने अायोजकको दाबी छ।

कार्यक्रममा सहयोग र सहभागिताको लागी संघले नेदरल्यान्ड्समा रहने सबै संस्थासंस्था,पत्रकार कलाकार,ब्याबसायी र नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूमा अाग्रह समेत गरेको छ।अरू कार्यक्रमको तुलनामा भन्दा यस कार्यक्रम निकै महत्वपूर्ण र सफल हुने पनि दाबी गरिएको छ।साथै कार्यक्रमलाइ थप मनोरन्जनात्मक बनाउन नेपालका ख्यातिप्राप्त गायक/गायिका ल्याउने प्रयास भैरहेको पनि आयोजकले जानकारी दिएको छ । 


Attachments area

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
321
New and renewed members!
Nepal blood donation