गैरआवासीय नेपाली परिचय पत्र मुल्याङ्कन कमिटि गठन

नेपाल सरकारद्वारा गैरआवासीय नेपालीहरुको व्यवस्था गर्नको लागि बनेको परिचय पत्रमा केही सुधारहरु गर्न आवश्यक भएको हुँदा गैरआवासीय नेपाली संघले अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक डा. अम्विका प्रसाद अधिकारीको सभापतित्वमा एक मुल्याङ्कन कमिटि गठन गरेको छ । उक्त कमिटिको सदस्यहरुमा अमेरिका क्षेत्रका उपसंयोजक डा. द्रोण प्रसाद रसाली, ओसियानाका क्षेत्रीय संयोजक गोवा कटुवाल, एनसिसि हङकङ्गका अध्यक्ष यम गुरुङ्ग, नेदरल्याण्डका रामबाबु नेपाल, यूएसएका कृष्ण लामिछाने र युएसएका कर्मा शेर्पा रहेका छन् ।