गैरआवासीय नेपाली संघ पाँचौं क्षेत्रिय सम्मेलन दुबई

गैरआवासीय नेपाली संघ पाँचौं क्षेत्रिय सम्मेलन दुबई, संयुक्त अरब इमिरेट्स (युएई)

गैरआवासीय नेपाली संघको पाँचौं क्षेत्रिय सम्मेलन संयुक्त अरब इमिरेट्स्को दुबईमा यही आउँदो २०११ जनवरी १४ देखि १६ तारीख सम्म आयोजना गरिने भएको छ । यसपाली क्षेत्रिय सम्मेलनको मूल बिषय "सामूहिक लगानी तथा सुरक्षित आप्रवासन" (Collective Investment and Safe Migration) रहेको छ । न्यून आय भएका गैरआवासीय नेपालहरुसंग छरिएर रहेको स-साना बचतलाई समेत पूंजीमा परिणत गरी नेपालमा लगानी गर्ने तथा आप्रवासलाई व्यवस्थित गर्ने बिषयमा यो सम्मेलनको विशेष महत्व रहनेछ । सम्मेलनले रोजगारीको खोजिमा विदेश जान चाहने नेपालीहरुका लागि सुरक्षित आप्रवासनको बिषयलाई प्रमुख जोड दिनुका साथै देशको आर्थिक विकासमा सामूहिक लगानीले खेल्नसक्ने भूमिकालाई बिशेष जोड दिईने भएको छ । 

सम्मेलनमा नेपाल सरकारका उच्च तहका पदाधिकारीहरु, कुटनैतिकहरु, राजनैतिक पार्टी नेताहरु, निजी क्षेत्रका संघ संस्थाहरु, संचारकर्मीहरु, गन्यमान्य व्यक्तिहरुका साथै विभिन्न देशमा छरीएर रहेका गैरआवासीय नेपालीहरुको सहभागिता रहने भएको छ ।