कार्य समितिको दोस्रो वैठक
NRN-NL कार्य समितिको दोस्रो वैठक यही अप्रील 18 गते Amsterdam मा श्री हरि पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
दोस्रो महत्वपूर्ण बैठकले विभिद निर्णयको साथै भावि कार्यकयोजनाहरु तजूमा गरेको छ । कार्यसमितिको कार्यकालमा विभिन्न कार्यक्रमहरु व्यवस्थित तरिका वाट संचालन गर्नका लागी उप समितिहरुका साथै प्रवक्ता समेत चैन गरेको छ ।
वैठकले NRN-NL को प्रवक्तामा टिकाराम सापकोटा लाई मनोनित गरेको छ । त्यस्तै महिला प्रतिनिधिको रुपमा ईन्दिरा लामा र साथै उप समितिहरुको Co-ordinator हरुमा वेभ तथा मिडिया उप समितिमा बसन्त पौडेल, यूवा उप समितिमा उत्तम कडेल, विद्यार्थि उप समितिमा विष्णू बास्तोला, अनूशासन उप समितिमा कृष्णराज अधिकारी लाई मनोनित गरेको छ ।
NRN-NL को Den Hague, Utrecht र Amsterdam मा क्षेत्रिय कमिटि समेत निर्माण भएको छ । कार्यक्रमहरुलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी विकास तामाडंको नेत्तृत्वमा व्यवस्थापन उपसमिति गठन गरेका छ । आर्थिक संकलनका लागी विभिन्न कार्ययोजनाहरु समेत बैठकले तर्जूमा गरेको छ । उक्त वैठकमा कार्यसमितिका सम्पूर्ण सदस्यहरुले आ आफ्नो धारणा व्यक्त गर्नू भएको थियो ।


