गैर आवासीय नेपाली संघ नेदरल्याण्डको चौथो अधिवेसन सम्वन्धि सुचना !!!

गैर आवासीय नेपाली संघ नेदरल्याण्डको चौथो अधिवेसन अगष्ट १३ गतेका दिन आम्सट्रडममा हुने मिती ६ जुन मा बसेको बैठकले निर्णय गरेको छ । साथै उक्त बैठकले आगामि निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिती गठन गरेको छ जस्मा यसै सघंका सस्थापक अध्यक्ष तथा प्याट्रोन श्री शशि पौडेल(संयोजक), पुर्व अध्यक्ष तथा प्याट्रोन डा. गोविन्द रौनियार साथै सस्लाहकार राजेन्द्र चापागाई रहनु भएको छ ।

NRNA - ICC को Global Conference हरेक दुइबर्षमा नेपालमा हुदै आएको छ । विश्वका सबै NCC को कार्यावधि पनि दुइबर्ष हुने र ICC को Global Conference अगावै  कार्यावधि समाप्त हुने गरि गठन गरिएको हुन्छ । अक्टोवर महिनामा हुने Global Conference पुर्व सबै NCC हरु गठन हुनु पर्ने अनि ICC सदस्यको चयन गरि Global Conference मा पठाउनु पर्ने हुन्छ । उक्त नियमलाई ध्यानमा राखि हामिले यस समितीको कार्यावधि लगभग १६ महिनाको मात्रै बनाएका छौ । कार्यावधि छोटो भएकोले आर्थिक तथा व्यवहाकिता लाई ध्यानर्कषण गरि तथा केन्द्रको सल्लाह सुझाव बमोजिम नै बार्षिक साधारण सभा तथा अधिवेशन एकै पटक गर्ने निर्णय गरिएको जानकारि गराईन्छ ।

 र यस पछिका समितीहरुको कार्यावधि पुन २ बर्ष नै हुनेछ । अधिवेसन सम्वन्धि कार्यक्रम, सयम साथ साथै स्थानको बारेमा हामी छिटै जानाकारी गराउने छौ र निर्वाचन सम्वन्धि सम्पुर्ण जानकारि हाम्रो वेव साईट बाट पनि लिन सक्नुहुने छ ।

एन आर एन सबै नेपालीहरुको साझा संस्था भएको हुंदा यस्का लक्ष्य र उदेश्य लाई मनन गरी अब हुने गैर आवासीय नेपाली संघ नेदरल्याण्डको चौथो अधिवेसनलाई सफलताका साथ सम्पन्न गराउन सम्पुर्ण नेदरल्याण्डवासी गैर आवासीय नेपाली लाई हार्दिक अनुरोध गर्दछौ ।