नेपाली गृह निर्माणार्थ कार्यक्रम सम्पन्न

एन.आर.एन.नेदरल्याण्डस तथा राष्ट्रिय एकता नेपालको सयुक्त आयोजनामा संसारकै जेठो पुर्बीय सभ्यताका विश्लेषक पंडित बाचन् प्रविण श्री दिनबन्धु पोखरेल ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जयतु संस्कृतम बेल्जियम अभियानका संयोजक राधाकृष्ण अधिकारी, एन.आर.एन. बेल्जियमका भुतपुर्ब उपाध्यक्ष पुष्पराज अधिकारी उपस्थित हुनुहुन्थ्यो। सो कार्यक्रमको अध्यक्षता एन.आर.एन. नेदरल्याण्डसका अध्यक्ष श्री नारायण प्रसाद आचार्य ज्यु ले गर्नु भएको थियो।

उक्त कार्यक्रममा  बाचन् प्रविण श्री दिनबन्धु पोखरेल ज्यु ले आध्यात्मिकताबाट बृहत्तर समुन्नयन तर्फ लाग्न सम्पूर्ण नेदरल्याण्डस बासी नेपालीहरु लाई आब्हान गर्दै, नेपाल गृहको निर्माणार्थ आफुले पूर्ण बलबुताले सहयोग गर्ने अभिव्यक्तिका साथ एन.आर.एन. नेदरल्याण्डसका भुतपुर्ब अध्यक्ष श्री हरि पौडेलको संयोजकत्वमा गठित ७ सदस्सीय नेपाल गृह निर्माण समितिका सम्पूर्ण सदस्य ज्यु हरुलाई टिका प्रदान गरी सुरु भएको थियो।

सो कार्यक्रममा एन.आर.एन. नेदरल्याण्डसका भुतपुर्ब अध्यक्ष तथा नेपाल गृह निर्माण समितिका संयोजक श्री हरि पौडेल ज्यु ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा बोल्दै एन.आर.एन. नेदरल्याण्डसका अध्यक्ष श्री नारायण प्रसाद आचार्य ज्यु ले नेपाल गृह भित्र नेपाली सबै धर्मालम्बीहरुको लागि धार्मिक स्थल निर्माण लगायत नेपाली संस्कृति झल्कने सम्पूर्ण सामानहरु राखिने साथै उक्त नेपाल गृह निर्माणको शहयोगर्थ मार्च देखि सेप्टेम्बर २०१२ भित्र उपयुक्त समय हेरी पंडित बाचन प्रविण श्री दिनबन्धु पोखरेल ज्यु को उपस्थितिमा एक बिशेष महायज्ञको आयोजना गरिने जानकारी दिनु भयो। उहाले उक्त नेपाली गृहमा नेदरल्याण्डस स्थित रहनु भएका नेपालीहरुले बिबाह, बर्तबंध तथा पुजाआजा गर्न साथै नेदरल्याण्डस स्थित रहेका सम्पूर्ण नेपाली संघ सस्थाले आफ्ना कार्यक्रम संचालन गर्न सक्नुहुने कुरा पनि प्रस्ट पर्नु भएको थियो।

साथै नेपाल गृह संचालनार्थ सो नेपाल गृह भित्र ब्यबसायलाई समेत समेट्न सकिने कुराको भबिष्यमा व्यापक छलफल गर्न सकिने जानकारी दिंदै नेदरल्याण्डसमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई फुटेर होइन जुटेर लाग्न समेत आब्हान गर्नु भएको थियो। भने राष्ट्रिय एकता नेपालका अध्यक्ष श्री फडिन्द्र पन्त ज्यु ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। नेपाल गृह निर्माण समितिका सचिब श्री गोबिन्द खरेल ज्यु ले आध्यात्मिक तथा सास्कृतिक जागरण डकुमेन्ट्री भिडियोको अवलोकन गराउनु भएको थियो भने उक्त कार्यकमको संचालन एन.आर.एन. नेदरल्याण्डसका नेशनल कोअर्डीनेटर श्रीराम कंडेल ज्यु ले गर्नु भएको थियो।