धन्यवाद तथा शुभकामना,
एन आर एन द्धारा आयोजित बनभोज कार्यक्रमको अवसर पारेर २१ अगष्ट २०११ का दिन पुरानो कार्यसमितीले नया कार्यसमितीलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरीयो ।
एन आर एन नेदरल्याण्डको २०१० मार्चमा भएको चुनावले मलाई यस सस्थाको अध्यक्षको रुपमा विजयी गराएको थियो । काधमा नया जिम्वेवारी बोकेर म र मेरो टिम यो १७ महिनाको कार्यकालमा नेपाल र नेपाली समुदायको सर्वाड्गत विकासका लागि निरन्तर रुपमा लागि पर्यौ । यो १७ महिने कार्यकालमा हामिले जे जति कार्यक्रमहरु यस समाजका निम्ति गर्यौ त्यो त यहांहरु सवैलाई अवगत नै छ । हाम्रो यो कार्यकाल लाई सफल बनाउनको निम्ति मेरो हातमा हात मिलाएर हिड्नु हुने र मेरो हर कदममा सहयोग गर्नुहुने सम्पुर्ण कार्यसमितीका साथिहरु प्याट्रोन तथा सल्लाहकार ज्युहरुमा हृदय देखि नै आभार व्यक्त गर्दछु तथा कार्यसमिती वाट वाहिर रहेर हाम्रो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण नेदरल्याण्ड वासि नेपाली दाजु भाई तथा दिदि बहिनीहरु लगायत सघं सस्थाहरुलाई हृदय देखिनै धन्यवाद ज्ञापन गर्दछु । नव निर्वाचित कार्यसमिती तथा सम्पुर्ण समाज सेवाका भावना बोकेका नेपालीहरुलाई शुभकामना दिदै भविष्यको दिनमा नेपाल र नेपाली समुदायको हितका लागि मिलेर अगाडि बड्नु हुनेछ भनेर विश्वास लिएको छु । तथा म कार्यसमिती भित्र नरहेता पनि व्यक्तिगत रुपमा नेपाली समुदाय, जुन सुकै सामाजिक तथा राजनितिक संस्थामा लागेका व्यक्तिहरु सवैलाई भई परि आएको अवस्थामा सहयोगका निम्ति तथा उक्त समुदायको हितका निम्ति निरन्तर रुपमा लागि रहने अठोट गर्दछु ।
अन्त्यमा नव निर्वाचित कार्य समितीलाई सफलताको कामना गर्दै सम्पुर्ण गैर आवासिय नेपाली तथा सघं सस्थाहरु संग हातेमालो गरि सभ्य सहयोगि तथा एकिकृत नेपाली समाज निर्माणका लागि अगाडि बड्नु हुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद


