शुभकामना आदान प्रदानका साथै चियापान समारोह

नव बर्ष २०६८ को पावन अवसरमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सले शुभकामना आदान प्रदानका साथै चियापान समारोहको आयोजना गरेको र साथै उक्त कार्यक्रममा जनसम्पर्क समितिको आन्तरिक विषयवस्तुहरु माथि गहन छलफल, आपसि विचारहरुको आदान प्रदान, व्यक्तिगत अनुभव, सल्लाह सुझाव, अनि अन्य सस्थागत विकास सम्वन्धि छलफल हुने भएकाले नेपाली जनसम्पर्क समिति प्रति आस्था राख्ने साथै प्रजानन्त्र प्रेमि सम्पुर्ण साथिहरुलाई यो हार्दिक निमंन्त्रणा सहित कार्यक्रममा सहभागि भैदिनु हुन अनुरोध गर्दछौ ।

कार्यक्रम

मिति : २ मे २०११ सोमवार

समय : दिनको २ बजे बाट ६ बजे सम्म

स्थान : Nassaukerk, De Wittenstraat 114,

1052 BB, Amsterdam