हार्दिक सम्वेदना !
नेपाली काङ्ग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएकोमा गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्स हार्दिक सम्वेदना प्रकट गर्दछ ।
गान्धीवादी सन्त नेता भनेर ख्याति कमाएका भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व भएको हुनुहन्थ्यो । उहाँ स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिनु हुन्थ्यो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उहाँलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्थ्यो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवनकालको सुरु देखी लागेका राष्ट्र सेवक भट्टराईको देहावसानको समाचारले सम्पुर्ण गैरआवासीय नेपाली समूदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ । नेपाल राष्ट्रले एक सच्चा राष्ट्रवादि राजनेता एवम् प्रजातन्त्रका अभिभावक गुमाएको छ । संपुर्ण राष्ट्रका लागि यो अपुरणनिय क्षति हो । यस दुखद घडिमा यो संघ उहाँको आफन्त, नेपाली काङ्ग्रेस र सवै नेपाली जनतामा हार्दिक समवेदना प्रकट गर्दछ । साथै सवैमा धैर्य धारण गर्ने शक्तिको लागि कामना गर्दछ । नेपालमा जारी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पु-याई समयमा नै नयाँ संविधानको निर्माण गरी नेपाललाई सक्षम राष्ट्र बनाउन सकेमा नै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने यस संघको ठहर छ ।
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्स


